|

काठमाडौं : रानीपोखरी बुधबार बिहानैदेखि खुला गरिएको छ। दिदी बहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर दर्शनका लागि मन्दिर खुला गरिएको हो।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्र खुल्छ। नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई दर्शन गर्छन्। त्यसपछि मन्दिर परिसरमा रहेका  दिदीबहिनी एवं दाजुभाइसँग टीका लगाउँछन्। 

यता काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम छ। काठमाडौं महानगरपालिका–२० का अध्यक्ष राजेन्द्र मानन्धरका अनुसार अञ्जली दिदीले भाइटीका लगाइदिन शुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.