|

काठमाडौँ : दशैँ र तिहार मनाएर काठमाडौं उपत्यका फर्किनेको संख्या बढेको छ।

काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, थानकोटबाट उपत्यका भित्रिनेहरू चाडपर्व सकिएसँगै फर्किन थालेका हुन्।

सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरूको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरू राजधानीका सडकमा बाक्लै देखिन्छन्। सरकारी तथा निजी कार्यालयहरू खुल्न थालेसँगै काठमाडौं उपत्यकाभित्र बसेर कामकाज गर्ने र चाडपर्व मनाउन घर गएका फर्किन थालेका छन्।

काठमाडौं उपत्यकाभित्र छिर्ने मुख्य नाका तथा बसपार्कमा शुक्रवार घरबाट काठमाडौं फर्किनेहरूको चहलपहल बाक्लो देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.