|

काठमाडौं : उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व सम्पन्न भएको छ।

सूर्यदेवलाई बिहानै अर्घ्य चढाएसँगै विधिपूर्वक रुपमा छठ पर्व सम्पन्न भएको हो । चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुहरुले आज बिहानै उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका छन्। छठको पहिलो दिन नहाय खायु र दोस्रो दिन खरना गरेका व्रतालुहरुले आइतबार अस्ताउँदो सूर्यदेवलाई अघ्र्य चढाएका थिए। 

रातभर घाटमै पूजापाठ गरी आज उदाउँदो सूर्यदेवलाई अघ्र्य दिएका हुन् । छठ हिन्दुहरुको एक महत्वपूर्ण पर्व हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन्। फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको शुरुवात भएको धार्मिक विश्वास छ। 

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दु सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.