|

काठमाडौं : अन्जान प्रदीपको लेखन तथा निर्देशनमा तयार भएको नाटक ‘युद्धका घाउहरू २.०’ को थापागाउँस्थित मण्डला थिएटरमा बुधबार गते विशेष प्रदर्शन गरिएको छ।

२०६३ साल मङ्सिर ५ गते एक दशक भन्दा लामो समयसम्म  सशस्त्र माओवादी द्वन्द्वको अवतरण र शान्तिसम्झौतामा हस्ताक्षर गरिएको दिनको भोलिपल्ट, सशस्त्र द्वन्दकै कथावस्तुमा आधारित यो नाटक मञ्चन गरिएको हो।

यो नाटक विशेषगरी नेपालमा चलेको १० वर्षे माओवादी सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका, यौनिक हिंसामा परेका, विस्थापन भएका, अङ्गभङ्ग तथा शारीरिक यातना भोगेका पात्रको कथामाथि केन्द्रित छ।

मण्डला ड्रामा स्कुलबाट दीक्षित पहिलो ब्याचका विद्यार्थीहरूले यस नाटकलाई सामाजिक रूपान्तरण तथा शान्ति निर्माणका लागि  रंगमञ्च शीर्षकमा तयार पारेका थिए।

२०२३ जुलाई २४ मा एकाडेमिक थेस्पियन्स् थिएटर फेस्टिभल कोलम्बोमा समेत मञ्चन भएको यस नाटकमा आदित्य मिश्रा, अकाश नेपाली, अनिल कुम, निरज बाबु, सञ्जय विश्वकर्मा, सरिता कठायत, सुमित्रा पेहिम र सुस्मिता पोखरेलको अभिनय छ।

यो नाटक गत साउन १६ गतेदेखि  २१ गतेसम्म मण्डला थिएटरमा नियमित मञ्चन समेत भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.