|

जुम्ला : जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ। कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाको हत्या गरिएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार प्रारम्भिक जानकारीअनुसार सोही वडाकै श्यामबहादुर बुढाले बन्चरो प्रहार गरी ती महिलाको शुक्रवार १२ः३० बजे हत्या गरिएको छ।

प्रहरीका अनुसार उक्त घटना भएपछि घटनास्थलतिर जिल्ला प्रहरी कार्यालय जुम्लाबाट पनि प्रहरी पठाइएको छ। प्रहरी निरीक्षकका अनुसार बन्चरो प्रहार गरेर हत्या गर्ने व्यक्ति समेतलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

उनका अनुसार प्रहरी घटनास्थलमा गएको छ। प्रहरीले यो घटना गम्भीर रूपमा अनुसन्धान अगाडि बढाउनेछ। प्रहरीलाई जानकारी आएअनुसार ती बन्चरो प्रहार गर्ने गरी हत्या गरिएकी महिला गाउकी भाउजू नाता पर्ने भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.