|

रौतहट : रौतहटमा एक युवकको शव फेला परेको छ। गौरस्थित गंगापिपरा सडकखण्डअन्तर्गत झाँझ खोलाको निर्माणाधीन पुलमा बेवारिसे अवस्थामा शुक्रवार पहिचान खुल्न नसकेका युवकको शव फेला परेको हो।

यमुनामाई-४ र दुर्गा भगवती गाउँपालिका-५ को सिमानामा पर्ने उक्त नदीको पुलको पिलरको रिङभित्र अन्दाजी २४/२५ वर्षको युवकको शव बिहान स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय गौरबाट घटनास्थल पुगेका अनुसन्धान अधिकृत इन्स्पेक्टर उमाशंकर गुप्ताले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.