|
प्रतीकात्मक तस्विर

काठमाडौं : बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। गुलरिया–४ स्थित तुलापुरस्थित भरत चन्दको घरमा आगलागी हुँदा चारजनाको मृत्यु भएको वडाध्यक्ष सुरेश गौतमले जानकारी दिए।

आगलागीमा परी भरतका दुई छोरा आठ वर्षीय कृष र दुई वर्षीय कार्तिकको मृत्यु भएको हो। यस्तै उनकी दिदी ३५ वर्षीय राधा बुढा र भाञ्जी मानुषीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी तुलसीराम अर्यालले बताए।

उनका अनुसार भरतकी श्रीमती २८ वर्षीया करिश्मा घाइते भएकी छिन्। उनलाई उपचारका लागि गुलरिया अस्पताल लगिएको छ।

वडाध्यक्ष गौतमका अनुसार राति १० बजेतिर आगलागी भएको हो। चिसोका कारण बालेर कोठामा छाडिएको मकलबाट बिछ्यौना हुँदै आगो सल्किएको जानकारी पाएको उनले बताए।
 
कामको शिलशिलामा बाहिर रहेका भरत घटनाको खबरपछि राति नै घर आइपुगेको गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.