|

काठमाडौं :  बबरमहलस्थित नेपाल कलापरिषदमा गोर्खा बेमेन फोटो तथा आर्ट प्रदर्शनी शनिबारबाट सुरु भएको छ। ब्रिटिस गोर्खा सैनिकका श्रीमतीसँग सम्बन्धित रहेको फोटो तथा चित्रकला प्रदर्शनी सुरु भएको हो।

मंसिर १३ गतेसम्म चल्ने प्रदर्शनीमा ५२ वटा फोटो, १८ वटा चित्रकला र भिडियो दृश्यका साथै कलाकारले काम गरेको सामग्रीहरू पनि राखिएको छ।

प्रदर्शनीमा ती महिलाले पहिले प्रयोग गरेका दैनिक जीवनमा प्रयोग हुने भाँडाकुँडा, आदिवासी महिलाले लगाउने लत्ताकपडा, गरगहनालगायत गोर्खा लाहुरेहरूले खिचेका फोटोहरू पनि राखिएका छन्।

२९ वर्षीया चित्रकार सुजना श्रेष्ठले गोर्खा सैनिकको इतिहासमा महिलाको भूमिकालाई समेटेर तयार पारेको फोटो तथा चित्रकला प्रदर्शनी राखिएको जानकारी दिइन्। यो प्रदर्शनी उनको तेस्रो प्रदर्शनी हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.