|

काठमाडौं : आभा फर कृयटीभीटीले आइतबार वसन्तपुर डबलीमा ‘पर्फमेन्स आर्ट’ प्रस्तुत गरेको छ।

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ यस वर्षको १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानको सन्दर्भमा उक्त आर्ट प्रस्तुत गरिएको हो।

सामुदायिक वन उपभोक्ता महासंघको ‘पर्फमेन्स आर्ट’ प्रस्तुत भएको हो।

उक्त पर्फमेन्स आर्टमा राजु झल्लू प्रसाद, रसिक राज, अप्सना चौलागाई, सुरज पराजुली, सुनिता भट्ट, विजय लुइँटेल, राजु उवरकोटी, सुषमा तिमिल्सिना र साधना निरौलाले कला प्रस्तुत गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.