|

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका अन्त्यका साथै अन्धविश्वास र कुरीतिको विरुद्ध मानिसलाई सचेत गराउन गुरु गुरुनानकले ​खेलेको भूमिका स्मरणीय रहेको बताएका छन्।

शिख सम्प्रदायका प्रवर्तक गुरु नानक जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सके समाजमा शान्ति स्थापना हुने धारणा राखेका छन्।

‘गुरु नानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिए समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकता थप मजबुत बनाउन बल पुग्ने मैले विश्वास लिएको छु’, उनको शुभकामना सन्देशमा उल्लेख छ । 

सबैका लागि ईश्वर एउटै 

उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख समुदायका महान् पर्व गुरुनानक जयन्तीबाट सबै विकृति, विसङ्गति तथा विभेदको अन्त्य गर्दै समतामूलक र सुसंस्कृत समाज निर्माणमा दत्तचित्त भई लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

यादवले साम्प्रदायिक एकता र आपसी मेलमिलापको सन्देश सबैले आत्मसात् गर्दै मन, वचन र कर्मले देश विकासको महाअभियानमा लाग्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.