|

काठमाडौं :   लोकबाजाले नेपालको संस्कृति मात्र नभएर जातीय पहिचान झल्काउन मद्दत गरेका छन्।

नेपाली लोकबाजाहरू विभिन्न तरिकाले बजाइन्छन्। कुनैलाई फुकेर, कुनैलाई रेटेर। यतिमात्र होइन् कतिपयलाई ठटाएर बजाइने गरेको छ।

तर, पछिल्लो समय नेपालमा लोकबाजा दुर्लभ हुँदै गएका छन्। मादल, सारङ्गी, टुङ्ना, डम्फुजस्ता ठेट नेपाली बाजाहरूले नेपाल र नेपाली संस्कृतिको अस्तित्व राखे पनि नयाँ पुस्तामा यसको महत्व घट्दै गएको सरोकारवालाहरू बताउँछन्।लोकबाजाको संरक्षण र प्रवर्द्धन गर्न २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोकबाजा संग्रहालय महत्वपूर्ण एक संग्रालय हो।

काठमाडौंको त्रिपुरेश्वरमा रहेको संग्रहालयमा विविधतापूर्ण नेपालमा प्रचलनमा रहेका ६ सय ५५ प्रकारका लोकबाजाहरू सङ्गृहीत गरिएका छन्।

स्थापना कालदेखि लोकबाजा सङ्गृहीत गर्दै आएको यस संग्रहालय सुरुमा भद्रकालीमा रहे पनि ०६४ बाट भने त्रिपुरेश्वर सारिएको हो। नेपालको लोकबाजाको अध्ययन गर्नका लागि महत्वपूर्ण कडी मानिने यस संग्रालयमा दैनिक नेपालीदेखी विदेशी पर्यटकहरू आउने गरेका छन्।

संग्रालयका प्रमुख रामप्रसाद कँडेलका अनुसार नेपाली पर्यटकलाई २ सय, विद्यार्थीलाई १ सय शुल्क तिर्नुपर्छ। यस्तै, विदेशी पर्यटकलाई १ हजार शुल्क लाग्ने गर्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.