|

काठमाडौं : प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला आजदेखि भृकुटीमण्डपमा सुरू भएको छ।

बिहिबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघद्धारा आयोजना भएको मेला मंसिर १४ देखि १८ गतेसम्म संचालन हुने छ।

उक्त मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेशलगायतका देशको स्टलहरू रहेका छन्।  मेलामा कुल २१० वटा स्टलहरू रहेका छन्। जसमा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनीमा राखिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.