काठमाडौं : नेकपा एमालेले शुक्रबार डोटीको सिलगढीमा सभा गर्दैछ। बिहीबार शुरु मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत एमालेले डोटीमा कार्यक्रम गर्न लागेको हो।
‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि संकल्पयात्रा’ नाम दिइएको यात्रा अन्तर्गत शुक्रबार अध्यक्ष केपी ओलीसहितको नेता–कार्यकर्ताले अमरगढीबाट यात्रा शुरु गर्नेछन्। त्यहाँबाट सकाली, गोपघाट, राजपुर चोक र दिपायलमा भेटघाट गर्ने कार्यक्रम छ।
त्यसपछि सिलगढीमा सभा हुनेछ । पार्टी अध्यक्ष ओलीले हिजो बिहान बैतडीको झुलाघाटमा झण्डोत्तलन गरी अभियानको शुभारम्भ गरेका थिए।
अभियानका क्रममा शुक्रबार ७० किलोमिटर दूरी पार गर्ने योजना छ। अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।