|

धनकुटा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, बजारीकरण र व्यवसायिकीकरणमा ध्यान नपुगेको बताएका छन्।

एमालेले गरिरहेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा धनकुटा आइपुगेका ओलीले त्यस्तो बताएका हुन्।

यात्राका क्रममा धनकुटाको पाख्रिबासमा आयोजित कृषि अन्तरसंवादमा अध्यक्ष ओलीले धेरै कुरामा कमी कमजोरी रहेको बताए। उनले ६० प्रतिशत जनता कृषिमा संलग्न रहेकाले आयात रोकेर आत्मनिर्भर हुनुपर्ने बताए। सबैको जीवनदाता कृषि भएकाले यसमा आत्मनिर्भर हुनुपर्ने उनले बताए।

पूर्वप्रधानमन्त्री ओलीले कृषिमा प्रविधिको विकास गर्नुपर्ने बताउँदै माटोको परीक्षण गरेर खेती गर्नुपर्ने बताए। उनले आफ्नो नेतृत्वको सरकारले मेरो कित्ता कार्यक्रम सुरु गरे पनि निरन्तरता नभएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.