|

काठमाडौँ : सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ।

त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत शुक्रवार तिलकोत्सव गरिएको हो।

राममन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णव पुगेका थिए। प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ अंकमाल गर्दै सम्धी मिलन गर्छन्।

यो वर्ष जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीले सम्धी मिलन गरेका थिए।

तिलकोत्सवका अवसरमा दुवै पक्षबीच हास्य परिहास समेत भएको थियो। जानकी मन्दिरबाट फलफूल, मिष्ठान्न परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको प्राङ्गणमा आई तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए।

विवाहपञ्चमीको पाँचौँ दिन शनिवार माता सीताको मटकोर हुनेछ। मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने आइतबार विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ। सोमवार रामकलेवा गरेसँगै यो वर्षको विवाहपञ्चमी विधिवत् रूपमा सम्पन्न हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.