|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अंकले उकालो लागेर २ हजार ६० दशमलव ४९ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ९ दशमलव ५६ अंकले उकालो लागेर ३९० दशमलव ६३ मा पुगेको छ। 

कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ। 

कूल २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता शेयर ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५५६ रुपैयाँ मूल्यमा कारोबार भएको छ।

नेप्सेका अनुसार, कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ। सो कम्पनीको २६ करोड २६ लाख ७४ हजार४७२ रुपैयाँ बराबरको कारोबार भएको छ। 

सोनापुर मिनरल्स २० करोड २८ लाख ४६ हजार २१४ रुपैयाँ, सोल्टी होटल १८ करोड ४३ हजार ४७ हजार रुपैयाँ, शिवम् सिमेन्ट १६ करोड ८३ लाख ९६ हजार ५९७ रुपैयाँ र घोराही सिमेन्ट १४ करोड ३३ लाख २० हजार ६६२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त, बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

हिमालयन पावर पाटनर्स ७ दशमलव ८६, डोल्टी पावर कम्पनी ६ दशमलव ५७, अप्पर स्याङ्गे हाइड्रोपावर ५ दशमलव ३९, मोदी इनर्जी ४ दशमलव ६२ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ३३ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.