|

मन्थली : लिखु तामाकोशी गाउँपालिका-७  स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। 

विद्यालयमै कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरेको रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए। पीडितले आफूमाथि यौन दुर्व्यवहार भएको उजुरी गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले जानकारी दिए।

प्रहरीका अनुसार सार्कीले गत मङ्सिर २७ गते परीक्षाका लागि तयार पारेको प्रश्नपत्र दिने बहानामा एउटा घरमा बोलाएर छात्रालाई यौन दुर्व्यवहार गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.