|

जुम्ला : मानसिक समस्याका कारण जुम्लाको सडकमा बस्दै आएका एक नागरिकको उद्धार गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि करिब ३ महिनादेखि सडकमा बास बस्दै आएका ती व्यक्तिलाई  उद्धार गरी सुर्खेतमा रहेको मानवसेवा आश्रममा पठाइएको छ। 

जिल्ला प्रशासन कार्यालय जुम्ला र चन्दननाथ नगरपालिका जुम्लाको समन्वयमा मानवसेवा आश्रम सुर्खेतमा पठाएको चन्दननाथ नगरपालिकाका विपत शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपाने बताए। 

उनी करिब ३ महिनादेखि जिल्ला प्रशासन कार्यालय जुम्लाको अगाडि धूपीको रुखको ओत लिएर बसिरहेका थिए। ति व्यक्तिको कुनै नाम ठेगाना भने खुलेको छैन। उनले हिन्दी भाषा बोल्ने गरेका बताइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले चिसोको समयमा खुला आकाशमा बसिरहेको देखेपछि ति व्यक्तिको उद्धार गरिएको बताए। 

यसअघि जुम्लाको पातारासी गाउँपालिकाले मात्रै ३ जनाको उद्धार गरी मानवसेवा आश्रममा  पठाइसकेको छ। गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले पातारासी गाउँपालिकाका मानसिक समस्या भएका ३८ वर्षीय सार्य ऐडी, ३९ वर्षीय सर्केनी बोहोरा ५३ वर्षीय ओफे रावतलाई उद्धार गरी पठाइएको बताइन्।

यस्ता सडकआश्रित मानवलाई पछिल्लो समय मानवसेवा आश्रमले आवाससहितको व्यवस्थापन गर्दै आएको छ। 

मानवसेवा आश्रम सुर्खेतका संयोजक सञ्जिता गौतमले हाल मानससेवा आश्रममा ९२ जना नागरिकले सेवा पाइरहेको बताइन्। जसमध्ये जुम्लाबाट उद्धार गरिएका मात्रै १८ जना छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.