|

काठमाडौं : सर्वोच्च अदालतले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा‍.दामोदर बसौलालाई निलम्बन गर्ने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीशद्वय  हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले शुक्रबार बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।​

मन्त्री बस्नेतले गत २६ असोजमा विभिन्न आरोप लगाउँदै बसौलालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए। मन्त्री बस्नेतको सो निर्णयविरुद्ध डा बसौला सर्वोच्च गएका थिए ।

सर्वोच्चले यसअघि वीर अस्पतालका कार्यकारी निर्देश सन्तोष पौडेललाई हटाउने मन्त्री बस्नेतको निर्णय पनि  कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.