|

काठमाडौं : यतिबेला काठमाडौंको दक्षिण भेगका सबै गाउँहरू जात्रामय छन्। काठमाडौंको दक्षिण भेगमा गाउँहरू त धेरै छन्, त्यसमध्ये सात वटा गाउँहरू यतिबेला उधुम जात्रामा डुबेका छन्। ती गाउँहरू हुन् कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ। यी सात गाउँ मिलेर गरिने जात्रा भएकोले यसलाई ‘सात गाउँ जात्रा’ अर्थात ‘न्हयगां जात्रा’ पनि भनिन्छ।

यी सात गाउँका जात्राहरू मध्ये आज चाहिँ कीर्तिपुरमा जात्रा चलिरहेको छ। सात गाउँको जात्रा मूलतः अष्टमातृका देवीहरूको जात्रा हो। हरेक गाउँमा जात्रा चलाइने आआफ्नै देवीहरू छन्। कतै बिष्णुदेवी, कतै महालक्ष्मी। कीर्तिपुरमा चाहिँ इन्द्रायणी देवीको जात्रा चलाइन्छ।

यसमध्ये पनि कीर्तिपुर प्राचीनकालदेखि नै केन्द्रमा रहँदै आएको पाइन्छ। कीर्तिपुरमा बाघभैरवको मन्दिर अत्यन्त प्रशिद्ध छ। इन्द्रायणी देवीको द्यःछेँ पनि यही बाघभैरव मन्दिर परिसरमा रहेको छ।

आजका दिन सोही मन्दिर परिसरबाट जात्रा शुरु हुन्छ। यसमा इन्द्रायणी देवीलाई खटमा राखी कीर्तिपुर नगर परिक्रमा गराइन्छ। धुमधामसाथ मनाइने यो जात्रा हेर्न अन्य स्थानका मानिसहरू पनि कीर्तिपुर पुग्‍ने गर्छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.