|

भक्तपुर : योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ। सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो।

भक्तपुरको खौमास्थित ख्वपक्षेँमा योमरी पून्हीको दिन म्युजिक फेस्टिवल हुने आयोजक एवं गायक सुनिल लोहलाले जानकारी दिए। उनले एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहोल बनाउन म्युजिक फेस्टिवल हुन लागेको बताए।

‘हामीले एकै मञ्चबाट समकालीन गीत तथा सङ्गीत पस्कँदै यससँगै परम्परागत गीत‚ सङ्गीतका साथ शास्त्रीय सङ्गीत पनि पस्कने प्रयत्नमा छौँ‚’ उनले भने।

यो किसिमको साङ्गीतिक कार्यक्रम भक्तपुरमा नै पहिलो भएको उनले बताए। योमरी पून्हीको दिन साँझ ४ बजेदेखि हुने उक्त साङ्गीतिक कार्यक्रम फरक किसिमको हुने उनले बताए।

हरेक वर्ष यस्तो साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिन उक्त कार्यक्रम गर्न लागेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.