|

काठमाडौं : प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको पहिलो क्वालिफायरमा एपीएफ क्लबले कोशी प्रदेशलाई १ सय ४० रनको लक्ष्य दिएको छ। 

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफको निर्धारित ओभरमा २ विकेट गुमाउँदै  १ सय ३९ रन बनयो। एपीएका इन्दू बर्माले नटआउट ५६ रन बनाइन्। कप्तान सिता राना मगरले ४५ रन बनाएर आउट हुँदा ज्योती पाण्डे १२ रन बनाएर  पेभिलिएन फर्किइन्।  रोमा थापा १८ रनमा नटआउट रहिन्। 

कोशीकी रुबिना क्षत्रीले १ विकेट लिइन्। आजको विजेता फाइनमा प्रवेश गर्ने छ भने पराजित टोलीले आजको इलिमिनेटरको विजेतासँग भोलि खेल्नेछ।

इलिमिनेटरमा आज दिउँसो सवा १ बजे सोही मैदानमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश आमने सामने हुनेछन्।  सात प्रदेश र एक विभागीय टीम सहभागी खेलको फाइनल बुधबार हुनेछ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.