|

रौतहट : रौतहट प्रहरीले १८ लाख रुपैयाँभन्दा बढीको नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ।

रौतहटको देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाललाई १८ लाख ४३ हजार नक्कली नोटसहित पक्राउ गरिएको हो।

पटेल चोकमा सवारी जाँचका क्रममा प्रहरीले जयसवालको साथबाट १ हजार ८४३ थान १ हजार दरको नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

नक्कली नोट सहित पक्राउ परेका जयसवाललाई मुद्रासम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाएको डिएसपी गिरीले बताइन्।

जयसवालको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेकसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसअघि पनि प्रहरीले शिवनगर मेलाबाट भारतीय नोटसहित चार जना, गरुडा नगरपालिका ४ बाट १ हजार दरका ७ थान नक्कली नोटसहित ३ जना र बालचनपुरबाट १ हजार दरको २० थान नक्कली नोटसहित १ जनालाई पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.