|

काठमाडौँ : पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) पनि बढेको छ। आज नेप्से परिसूचक ९ दशमलव ५० अंकले बढेर २ हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो।

आज ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर ९२ हजार ६०२ पटक खरिदबिक्री हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज विकास बैंक समूह शून्य दशमलव ४४, वित्त शून्य दशमलव १०, होटल तथा पर्यटन समूह शून्य दशमलव ८४ र जलविद्युत् समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ। 

लगानी समूह शून्य दशमलव ६३, जीवन बीमा समूह शून्य दशमलव २५ र निर्जीवन बीमा समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ। अरु समूहको उपसूचक भने बढेको छ।

बैंकिङ र उत्पादन तथा प्रशोधन समूह समान १ दशमलव १२, लघुवित्त समूह १ दशमलव ०२, म्युचुअल फन्ड समूह शून्य दशमलव ०३, व्यापार समूह शून्य दशमलव ०१ र अन्य समूह २ दशमलव २१ प्रतिशतले बढेको छ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

सबैभन्दा धेरै घट्नेमा भने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ५ दशमलव ९५ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ३२ करोड ७८ लाख ९१ हजार ६१३ रुपैयाँ बराबरको ६ लाख ३४ हजार ५९३ कित्ता शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.