|

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष  महेन्द्र खड्का मृत भेटिएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बुधबार राति मोटरसाइकल दुर्घटनामा खड्काको मृत्यु भएको हुनसक्ने जानकारी दिए।प्रारम्भिक  अनुसन्धानले बाटोको पाइपमा मोटरसाइकल ठोक्किँदा मृत्यु  भएको देखिन्छ’, प्रहरी उपरीक्षक उनले भने। 

थापाले विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको  जनाए। नगरपालिकाका प्रवक्ता समेत रहेको खड्का बुधबार दिउँसो सार्वजनिक सुनुवाइमा सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.