|

काठमाडौँ : माघे संक्रान्तिको अवसरमा थारू समुदायले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउने भएको छ।

बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजकले त्यस बारेमा जानकारी गराएको हो। माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन्। यो वर्ष  थारू संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान भन्ने नारासहित माघी पर्व मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमिलाल चौधरीले बताए।

उनले थारू सांस्कृतिक झाँकी, थारू सांस्कृतिक प्रस्तुति, थारू खानपिन प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री हुने बताए। उनका अनुसार फूड स्टलहरूमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अनदीको भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँड, केराको तरुवा, सखरखण्ड, खरिया, सुँगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटा, सिध्रा, मसुलार) रहनेछन्। बालु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या रोटी, अनदीको रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकार राखिनेछ।

महोत्सवमा देशभरका थारू समुदायको उपस्थिति रहने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.