|

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन उद्घाटन भृकुटीमण्डपको प्रदर्शनी हलभित्र चलिरहेको थियो। हल आधा पनि भरिएको थिएन। लाग्थ्यो उद्घाटन सत्रमा सहभागी विद्यार्थी, पार्टीका कार्यकता र पत्रकारको संख्या बराबर त्यहाँ प्रहरी थिए।

पार्टीकै नेता बिमलेन्द्र निधि गृहमन्त्री भएका बेला प्रहरीको बाक्लो उपस्थिति देखेर एक विद्यार्थी नेताले टिप्पणी गरे- ‘नेविसंघका कार्यकर्ता भन्दा निधिका कार्यकर्ता पो धेरै देखियो।’

प्रहरीको बाक्लो उपस्थितिले गर्दा होला विद्यार्थी नेताहरु भन्दै थिए- प्रहरी प्रशासनको आडमा महाधिवेशन हुँदैछ। उद्घाटन सत्रको केही बेरमा नै विद्यार्थीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै भृकुटीमण्डप गेटमा ब्यानर टाँगे।

नेविसंघ प्यूठानका निवर्तमान जिल्ला अध्यक्ष ध्रुव गौतमलेको नाममा टाँगिएको ब्यानरमा राज्य आंतकविरुद्ध, कलेजमा प्रहरी हस्तक्षेपविरुद्ध लडेको उदाहरण दिँदै चारवटा प्रश्न गरिएको छ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा एक हजार प्रहरी खटाइएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नो मातहतका एक हजार प्रहरी खटाएको परिसरका प्रवक्ता एसपी उत्तम कार्कीले जानकारी दिए। ‘भित्र प्रदर्शनी हल, बाहिर पेरिमिटर र कम्पाउण्ड भित्र गरेर एक हजार जति खटिएका छन्’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.