|
सांकेतिक तस्वीर

विर्तामोड : झापामा दादुराले ७ जना विरामी भएका छन्।

झापा गाउँपालिकामा ६ जना र विर्तामोड नगरपालिकामा १ जना गरी ७ जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलका अनुसार ७ वर्षदेखि ३७ वर्ष उमेर समूहका व्यक्ति दादुराबाट विरामी भएका छन्। गत वर्ष बाँकेको नेपालगञ्जमा दादुरा फैलिएको थियो।

सरकारले ९ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको नियमित खोप दिइरहेको छ तर झापा गाउँपालिकामा ७ वर्षको अवधिमा १ हजार ७८७ जना बालबालिकाले दादुराविरुद्धको नियमित खोप नलगाएको पाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.