|

काठमाडौँ : क्यान्सरपीडित पाँचथरका अग्रज पत्रकार कवीन्द्र शेर्मालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग जुटेको छ।

घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शेर्माको उपचारका लागि किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको नेतृत्वमा संकलन गरिएको रकम प्रदान गरिएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय कार्यालय काठमाडौँमा आयोजित कार्यक्रमबीच शेर्मालाई ३ लाख ८७ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो। फोनिजका अध्यक्ष गजुरधन राई र सङजुम्भोका नेतृत्वद्वारा संयुक्त रुपमा सहयोग हस्तान्तरण गरिएको हो। 

हस्तान्तरण गरिएको रकममध्ये ३ लाख ६० हजार रुपैयाँ रकम दक्षिण कोरियामा संकलन गरिएको हो भने बाँकी रकम नेपालमै संकलन गरिएको हो।

पाँचथरमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका शेर्माको घाँटीमा क्यान्सर भएको छ। उपचारका क्रममा अहिले किमोथेरापी दिइरहेको छ। उपचारमा धेरै रकम लाग्ने भएपछि फोनिजलगायत विभिन्न संघसंस्थाले सहयोग अभियान सञ्चालन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.