|

काठमाडौँ : चिसो याममा स्वास्थ्यका अन्य समस्या जस्तै मुटुको धड्कन पनि बढ्न सक्छ। जाडोमा यो सामान्य समस्या हो किनभने तापक्रम घट्दा रक्तसञ्चार कम हुन्छ र उच्च रक्तचापका कारण मुटुको धड्कन बढ्छ। 

सामान्यतया मुटुको धड्कन बढेको अवस्थालाई मुटुसँग सम्बन्धित मानिन्छ तर हरेक पटक नहुन पनि सक्छ। 

कहिलेकाहीँ मुटुको धड्कन बढेको अवस्थामा मुटुको सट्टा मस्तिष्कको समस्यासँग सम्बन्धित हुन सक्छ। जसलाई चिकित्सकीय भाषामा एन्जाइटी भनिन्छ। 

मुटुको धड्कन बढिरहेको छ भने मुटुको समस्याले हो की मस्तिष्कको समस्याले हो भनेर छुट्याउनु पर्छ। 

एन्जाइटी  के हो ?

स्वास्थ्य विज्ञहरूका अनुसार डिप्रेशन जस्तै एन्जाइटी पनि एक मानसिक समस्या हो। जब मानिस कुनै कुराको बारेमा बढी चिन्तित हुन्छ, उसले त्यसको बारेमा थप सोच्न थाल्छ भने त्यसले एन्जाइटी निम्त्याउँछ। 

कुनै न कुनै विषयमा तनावका कारण बालबालिकादेखि ठूलासम्म यसको सिकार हुन सक्छन्। अहिले धेरै युवा तथा युवतीहरु एन्जाइटीको सिकार बन्न थालेका छन्।

एन्जाइटीको मुख्य लक्षण भनेको मुटुको धड्कन बढ्ने, नर्भस हुने, बेचैनी महसुस हुने  र मानिसलाई अचानक पसिना आउने हो। यस्तो लक्षण देखिए र एन्जाइटी चरम सीमामा पुगेमा व्यक्तिलाई 'प्यानिक अट्याक' हुने खतरा पनि बढ्छ।

कसरी रोक्न सकिन्छ एन्जाइटी?

एन्जाइटीबाट बच्न सकिने चिकित्सकहरू बताउँछन्। यसका लागि ध्यानको सहारा लिन सकिन्छ। यदि तपाईं कुनै कुराको बारेमा चिन्तित हुनुहुन्छ भने, तपाईंले आफ्नो साथी, पार्टनर, परिवार वा अन्य चिनेकाहरूसँग कुरा गर्नुपर्छ।

चिन्ताबाट बच्नका लागि, धेरै सोचाइबाट बच्नुपर्छ। आफ्नो ध्यान हटाउन, तपाईंले आफ्नो शोख र रुचिहरूमा समय खर्च गर्नुपर्छ। 

यसले तपाईंको दिमागलाई हल्का राख्छ र तपाईंले राम्रो महसुस गर्नुहुनेछ। रमाइलो र काममा आफूलाई व्यस्त राख्नुपर्छ। पूरा सुत्ने प्रयास गर्नुहोस्।

यदि समस्या समाधान भइरहेको छैन भने, एक विशेषज्ञसँग परामर्श गर्न नहिच्किचाउनुस् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.