|

सुर्खेत : कर्णाली प्रदेशले एक वर्षमा तीन अर्ब २४ करोड ४० लाख ३७ हजार रुपैयाँको खसीबोका बिक्री भएको छ।

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले एक वर्ष कार्यकाल पूरा भएको अवसरमा ३२ उपलब्धि सार्वजनिक सार्वजानिक गर्दै मन्त्री शर्माले  यो जानकारी दिएका हुन्। यस्तै फलफूल तरकारी, अदुवा र दूधबाट २८ करोड  आम्दानी भएको  छ। 

उपलब्धि विवरण सार्वजनिक गर्दै मन्त्री शर्माले किसानलाई कृषि र पशुपालनमा आकर्षण बढाउन उत्पादन पकेट क्षेत्र निर्धारण गरेको दाबी गरे।  उनले प्रदेशभर ७८८ वटा साना सिचाइ योजना निर्माणबाट १ हजार ५० हेक्टर क्षेत्रफल सिँचाइ सुधार  तथा ११५ हेक्टर सिँचाइ सुविधा थप गरेको जानकारी दिए। 

हिउँदे फलफूल क्षेत्र विकासका लागि ४९ हजार ८ सय स्याउको, २६ हजार ४ सय ३६ ओखरको, आठ हजार ९०० किविको र ६ सय ड्रागनफल गरी जम्मा  ८५ हजार ७३६ बिरुवा वितरण गरी २ सय १५ हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार गरेको शर्माको उपलब्धि विवरणमा उल्लेख छ। 

त्यस्तै बाँझो जग्गा व्यवस्थापनबाट प्रदेश सरकारले जग्गा भाडा लिइ कृषि पेशा गरीका ९७ जना किसानलाइ ५० प्रतिशत जग्गा भाडा उपलब्ध  गराएको र ५० भेडापालक किसानलाई औषधी  उपचारमा ६९ लाख ३७ हजार  रुपैयाँ ४४० किसानलाई वितरण गरी भेडापालन व्यवसाय प्रवर्धन गरेको विवरणमा जनाइएको छ। 

बेरोजगार १०० कृषि प्राविधिक स्वरोजगार कार्यक्रममा सहभागी भएको, पशु स्वास्थ्य  सेवा कार्यक्रमबाट एक लाख ८४ हजार ४०० पशुपक्षीको उपचार गरेको, चार हजार २३२ गाईभैँसी र बाख्रामा कृत्रिम गर्भाधान शुरु गरेको लगायतका विवरण पनि मन्त्री शर्माले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.