|

संखुवासभा : संखुवासभाको सिद्धकालीमा हत्या प्रकरणमा संलग्न एकजना महिला पक्राउ परेकी छन्। हत्या प्रकरणमा फरार चैनपुर नगरपालिका–३ की ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी हुन्।

सामूहिक हत्या प्रकरणमा संलग्न कैली तामाङलाई मोरङ प्रहरी सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। फरार तामाङलाई मोरङ प्रहरीको सहयोगमा बुधवार पक्राउ गरिएको हो।

गत २०६० सालमा २ जना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न तामाङ फरार सूचीमा थिइन्। संखुवासभाको साविकको सिद्धकाली–२ का मंगल लिम्बू र योगेन्द्र दाहालको २०६० फागुन १० गते सामूहिक हत्या भएको थियो।

तामाङलाई मोरङको केराबारी गाउँपालिका–१० स्थित मोहन नेपालको घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। मोरङबाट पक्राउ परेकी तामाङलाई प्रहरीले बिहीबार इलाका प्रहरी कार्यालय चैनपुर ल्याइएको छ। २० वर्षअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भए पनि फरार थिइन्।

गत २०६० सालमा २ जना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएकी तामाङ प्रहरीको फरार सूचीमा थिइन्। कर्तव्य ज्यान मुद्दाकी प्रतिवादी तामाङलाई घटनामा संलग्न रहेको भनेर सङ्खुवासभा जिल्ला अदालत चैनपुरले दोषी ठहर गरिसकेको छ।

जिल्ला अदालतले २०६६ साल फागुन १२ गते उनलाई २० वर्ष कैद सजाय तोकेको थियो। घटनामा संलग्नविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दाको १४ वर्षअघि नै अदालतबाट फैसला भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.