|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–२ लिम्दुसामा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीबाट मकालु–२ लिम्दुसाका फुदोर्ची शेर्पाको जलेर नष्ट भएको मकालु गाउँपालिका–२ वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए।

आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताए।

आगलागीबाट दुई तोला सुन, दुई लाख रुपैयाँ नगद, अन्न, लत्ताकपडा सहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताए। गतराति खाना पकाउने ठाउँबाट सल्किएको आगो लागेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.