|

चेक संसद्ले शुक्रबार बन्दुक नियन्त्रण उपाय कडा बनाउने एक विधेयक पारित गरेको छ। 

राजधानीको ऐतिहासिक केन्द्र प्रागको चार्ल्स विश्वविद्यालयमा एक छात्रले १४ जनाको हत्या गरेर २५ जनालाई घाइते बनाई आत्महत्या गरेको घटनाको एक महिनापछि यो विधेयक पारित भएको हो। 

तर यो विधेयक सरकारले  गत जुनमा प्रस्तुत गरेको थियो। विधेयकले बन्दुक बिक्रेताहरूलाई शंकास्पद खरिदको रिपोर्ट गर्न आदेश दिन्छ। 

सिनेटले पास गर्न र राष्ट्रपतिले कानूनमा हस्ताक्षर गर्न बाँकी रहेको विधेयकले अहिले पनि चेकहरूलाई बन्दुक खरिद गर्न, राख्न र बोक्न अनुमति दिनेछ। विधेयकले प्रहरीलाई सुरक्षा जोखिमका कारण हतियार जफत गर्न पनि अनुमति दिन्छ र बन्दुक मालिकहरूको कडा स्वास्थ्य परीक्षण गराउँछ। 

चेक मिडियाका अनुसार विश्वविद्यालयको हत्याअघि बुबा र दुई महिनाको बच्चासहित अन्य तीन जनाको गोली हानेर हत्या गर्ने विश्वविद्यालयका ती बन्दुकधारीसँग आठ हतियार थियो। २४ वर्षीय ती छात्रले अर्ध–स्वचालित राइफल, गोलाबारुद र साइलेन्सरसहित आफ्ना हतियार किन्नका लागि ऋण लिएका थिए। 

गृह मन्त्रालयले अहिले एउटा संशोधनको योजना बनाइरहेको छ। यसले बन्दुक स्वामित्वको नियमलाई अझ कडा बनाउने छ। उक्त योजना यसै वर्ष संसदमा प्रस्तुत गरिने छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.