|

­नेपालमा पनि अब कबड्डीको पहिलो फ्रेन्चाइज लिग आयोजना हुने भएको छ। अखिल नेपाल कबड्डी संघले प्रतियोगिता आयोजना गरिने भएपनि यसको मिती भने तोकेको छैन।

यसै प्रतियोगिताका लागि संघले शुक्रबार मात्र एस्ट्रियोनिकस इभेन्ट मेयानेजमेन्टसँग सम्झौता गरेको छ।

संघका महासचिव अरविन्द कुमार झाले कबड्डीको फ्रेन्चाइज लिगको मिति अहिले नै तय भइनसकेको बताए। उनले भने , ‘मिति फिक्स त छैन, तैपनि हाम्रो तयारी जुलाई २० तिर छ। 

नेपालको कबड्डी इतिहासमा पहिलो पल्ट हुने फ्रेन्चाइज कबड्डी लिगमा अधिकाश स्वदेशी खेलाडी रहे पनि ३० प्रतिशत विदेशी खेलाडीले सहभागीता जनाउने अवसर पाउने उनले बताए। 

सो खाले लिग भारतमा आयोजना भइसकेको छ। विश्वमा कबड्डीको दोस्रो लिग आयोजना गर्नको लागि एस्ट्रियोनिकस इभेन्ट मेयानेजमेन्टसँग सम्झौता गरेको हो।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कबड्डी लिगको लागि सम्झौतामा हस्ताक्षर गरिएको हो। संघका महासचिव झाले यो सम्झौताले खेलकुद क्षेत्रलाई एक महत्वपूर्ण उपलब्धि दिने भन्दै यसले कबड्डी क्षेत्रलाई अग्रपंक्तिमा पुर्याउने बताए।

उनले यस कदमले कबड्डीको विकासमामात्रै नभएर खेलाडीहरू, प्रशंसकहरू र सरोकालवाला सबैको अनुभव बृद्धि गर्नका लागि पनि ठूलो भूमिका राख्ने बताए।

कबड्डीको मात्र नभएर देशकै नाम उच्च राख्न सफल कबड्डी खेलले यो लिग आयोजनापछि ठूलो सफलताका लागि अघि बढ्ने हौसला हुने उनले बताए।

फुटबल र क्रिकेटमा फ्रेन्चाइज लिगहरूको अत्याधिक सफलता र लोकप्रियता देखेपछि त्यस्तै उत्साहलाई कबड्डी खेलमा पनि ल्याउनु अखिल नेपाल कबड्डी संघको लक्ष्य रहेको जनाइएको छ।

संघका अध्यक्ष तुलसी थापाले खेलकुदको संसारमा एउटा महत्वपूर्ण फड्को मार्ने नेपाल कबड्डी लिगको अनावरण गर्न पाउँदा हर्षित भएको भन्दै एस्ट्रियोनिक्स इभेन्ट म्यानेजमेन्टसँगको साझेदारीले नेपालमा कबड्डीको नयाँ युगको सुरुवात गरेको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.