|

काठमाडौं : नेपालमा कुष्ठरोग पनि जनस्वास्थ्यको एक चुनौतीको रुपमा रहेको छ। नेपाल सरकारले  सन् २०१० मै देशबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएको भए पनि १४ जिल्लामा अझै कुष्ठरोगका बिरामी भेटिएको सरकारकै तथ्यांकले देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार अझै पनि देशको १४ वटा जिल्ला लगातार हरेक बर्ष कुष्ठरोगका बिरामी थपिँदै गएका छन्।

झापा, मोरङ,सिराह,धनुषा, महोत्तरी, सल्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, बांके र कैलाली जिल्लाहरु रहेका छन। यी जिल्लामा प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा बढी कृष्ठरोगका बिरामी देखिएको सरकारी तथ्यांकले देखाउँछ।

यस्तै काठमाडौ,ललितपपुर सहितका देशका ५६ वटा जिल्ला कुष्ठरोगको जोखिममा एल्लो एरियामा रहेका छन। हाल सम्म देशभर जम्मा ७ वटा जिल्ला (नुवाकोट, खोटाङ,रुकुम पश्चिम,मनाङ,दोलखा,इलाम र ताप्लेजुङ) जिल्लामा मात्रै कुष्ठरोगका शून्य बिरामी रहेका छन।

बिरामी बढ्दै

महाशाखाको विवरण हेर्ने हो भने ०७८/७९ मा २२ सय ८५ बिरामी भेटिएको आब ०७९/८० २ हजार ५२२ जना कुष्ठरोगका बिरामी भेटिएका छन्। यसरी हेर्दा नेपालमा कुष्ठरोगका बिरामी घट्दै जानु भन्दा झन बढ्दै गएको देखिन्छ।

मधेश र लुम्बिनीमा धेरै बिरामी

महाशाखाको विवरणअनुसार मधेश प्रदेश र लुम्बिनी प्रदेश कुष्ठरोगका बिरामी सबैभन्दा धेरै रहेका छन्।  देशभर रहेका कुल सक्रमित मध्ये मधेश प्रदेशमा ९४४ जना(३७प्रतिशत) लुम्बिनीमा ५६५ (२२ प्रतिशत) बिरामी रहेका छन। यस्तै अन्य प्रदेशमा कोशीमा ४७१ (१९ प्रतिशत) बाग्मतीमा १२०(५ प्रतिशत) गण्डकीमा ११९ (५ प्रतिशत) कर्णालीमा ७३ (३ प्रतिशत) / सुदुरपश्चिम प्रदेशमा २३०( ९ प्रतिशत) कुष्ठरोगका बिरामी रहेका छन्।

कुल संक्रमित मध्य मकवानपुर,कपिवस्तु बाँके सहित का जिल्लामा बालबालिका उपेर समूहमा पनि कुष्ठरोग देखिएको छ।

किन झन् बढ्दै छन कुष्ठरोगका बिरामीहरु?

सरकारले  सन् २०१० मै देशबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरिसकेको छ भने सन् २०३० सम्म नेपालबाट कुष्ठरोग उन्मूलन घोषणा गरी रहेको छ।

तर पछिल्ला वर्षहरुमा नेपालमा यसमा बिरामी घट्नु भन्दा बढ्दै गएका छन यसले गर्दा सन् २०३० सम्म कुष्ठरोग उन्मूलन घोषणा गर्ने सरकारी लक्ष्यनै असफल हुने हो की भन्ने देखिन थालेको छ। तर महाशाखाका कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख डा प्रशन्न नापित भने संकास्पद बिरामीहरुमा परिक्षणको दर बढ्दै जादा नयाँ संक्रमितहरु थपिदै गएको बताउछन्। किन कुष्ठरोग निवारण भइसकेको यतिका बर्ष सम्ममा पनि संक्रमित कुष्ठरोगका बिरामी घट्दै जानु भन्दा झन् बढ्दै भएका छन त? भन्ने प्रश्नमा डा नापितले भने ‘ प्रति  १० हजार जनसंख्यामा १ जना भन्दा बढीमा कुष्ठरोगका बिरामी भेटिए हामीले त्यस जिल्लालाई हाल प्रभावित जिल्ला भनेर सोही अनुरुप सम्भावित बिरामी खोज्नको लागि परिक्षणको दायरा बढाउछौँ, यस अघि धेरै जिल्लामा १० हजार जनसंख्यामा एक जना पनि बिरामी नभेटिए पछि निवारणको घोषणा गर्दै गएका हौँ’।

यस्तै सन् २०३० सम्ममा प्रति एक लाख बिरामीको परीक्षणमा शून्य संक्रमित बनाएर उल्मूलन घोषणा गर्ने लक्ष्य रहेको अवस्थामा बालबालिकाहरुमा पनि संक्रमण देखिन थालेको हुनाले चुनौती थपिदै गएको हुँदा परिक्षणको दायरा बढाउने लक्ष्य रहेको समेत डा नापितले बताए।

‘ केही जिल्लामा कुष्ठरोगको फैलावट अझै पनि छ, बालबालिकाहरु पनि संक्रमित भएको विवरण आएको छ जसले गर्दा संक्रमणको फैलावट छ भन्ने बुझिन्छ त्यसैले हामीले संकास्पद स्थानमा परिक्षणको दायरा बढाएका छौँ र सन् २०३० सम्म नेपालबाट कुष्ठरोग उन्मूलननै गर्ने लक्ष्य लिएका छौँ’डा नापितले भने।

सरकारले भनेकै समयमा कुष्ठरोग उन्मूलन गर्न भन्दै गत दुई वर्ष अघिनै राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८-२०८२) सार्वजनिक गरिसकेको छ।

समयमै उपचार गरे पूर्ण निको हुने यो रोगलाई समयमानै पहिचान गरेर उपचार गरिएन भने अपाङगता हुने गर्द छ।परिक्षण गरेर चिकित्सको निगरानीमा ६ महिना देखी १२ महिना सम्म नियमित औषधी सेवन गरे यो रोग पूर्ण निको हुन्छ। हरेक वर्ष विश्वमा २ लाख कुष्ठरोगका बिरामी भेटिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

के हो कुष्ठरोग?

आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग कुष्ठरोग। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुमा कुष्ठरोगको जिवाणु शरिरमा प्रवेश गरेको २ देखी ५ बर्ष पछि मात्रै व्यक्तिमा कुष्ठरोगको लक्षण देखिन सक्छ। खासगरि यस रोगमा स्नायु र छाला प्रभावित हुन्छ।

शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु कुष्ठरोगका लक्षणहरु हुन। यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन्। अन्त्यमा अपाङ्गता हुन सक्छ।

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा यो रोग एकबाट अर्को व्यक्तिमा सर्ने सम्भावना बढी हुन्छ । यस्तै संक्रमणले धेरैनै लक्षण देखिएका र उपचार नगरिएका बिरामीहरुको​फाटेको छालाबाट निस्केको पानीको सम्पर्कमा आउँदा पनि यो रोग सर्ने सम्भावना हुन्छ । खतरनाक कुरा के छ भने यो रोग लगाउने किटाणु माइक्रो ब्याक्टेरियम लेप्री कम तापक्रममा धेरै दिनसम्म पनि बाँच्न सक्छ।

समयमानै उपचार गरेर कुष्ठरोग पुर्ण निको हुन्छ। नेपालमा भने कुष्ठरोगको पहिचानको लागि परिक्षण र औषधी सरकारले सबै सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क वितरण गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.