|

काठमाडौं :  बेलायतले हमाससँग संलग्न भएको भन्दै एक राष्ट्र संघीय एजेन्सीको अनुदान रोकिदिएको छ। 

मध्य पूर्वमा प्यालेस्टाइनी शरणार्थीका लागि काम गर्ने राष्ट्र संघीय राहत एजेन्सी यूएनआरडब्ल्यूएलाई दिँदै आएको अनुदान बेलायतले रोकेको हो। इजरायलले उक्त संस्थाका कर्मचारी ७ अक्टोबरमा इजरायलमा भएको हमास आक्रमणमा सहभागी भएको आरोप लगाउँदै आएको छ। 

यूएनआरडब्ल्यूएले समेत इजरायलमा भएको आक्रमणमा सहभागी भएको भन्दै आफ्ना कयौँ कर्मचारीलाई बर्खास्त गरेको घोषणा गरेको छ। यूएनआरडब्ल्यूएको यो घोषणापछि बेलायतले अनुदान रोकेको घोषणा गरेको हो। 

यसअघि अमेरिका, अस्ट्रेलिया, इटली तथा क्यानडाले उक्त एजेन्सीको अनुदान बन्द गरेका थिए। यस एजेन्सीले गाजामा विस्थापित भएका लाखौँ प्यालेस्टाइनीलाई सहयोग गरेको बताएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.