|

काठमाडौं : सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदमुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा गत ९ माघमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने निर्णय गरेको पत्र स्वास्थ्य मन्त्रालयमा आइसकेको बताए। उनले भने‚ ‘बीमा बोर्डका निर्देशक डा. बसौलालाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा आइसकेको छ।'  

मन्त्री बस्नेतले यसअघि २६ असोजमा विभिन्न आरोप लगाउँदै उनलाई तीन महिना निलम्बनको पत्र थमाएका थिए। मन्त्रीको निर्णयविरुद्ध डा. बसौला सर्वोच्च गएका थिए। सर्वोच्च अदालतले यही पुस ६ गते बोर्डका कार्यकारी निर्देशक डा‍.बसौलालाई निलम्बन गर्ने स्वास्थ्यमन्त्री बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उनी काममा फर्किएका थिए।

त्यसपछि पछि मन्त्री बस्नेतले काम चित्त बुझ्दो नभएको भन्दै बोर्डका कार्यकारी निर्देशकलाई पुनः स्पष्टीकरण सोधेका थिए र चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेका थिए।

 खुला प्रतिस्पर्धाबाट बिमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त बसौलाको कार्यकाल अझै झन्डै एक वर्ष बाँकी थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.