|

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) नेता शाह महमूद कुरैशीलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको छ। मंगलबार रावलपिंडीको विशेष अदालतका न्यायाधीशले अडियाला जेलमा यस्तो घोषणा गरेका हुन्।

न्यायाधीश अबुल हसनत जुल्करनैनले इमरान र कुरैशीको उपस्थितिमा यो फैसला सुनाएका हुन्। गत वर्षदेखि अडियाला कारागारमा मुद्दाको सुनुवाइ चलिरहेको थियो। सुनुवाइको क्रममा न्यायाधीश जुल्कारनैनले पीटीआई नेताहरूलाई आफ्ना वकिलहरू अदालतमा उपस्थित नभएको र उनीहरूलाई सरकारी वकिलहरू दिइएको बताए।

अदालतले कुरैशी र इमरानलाई धारा ३४२ अन्तर्गत प्रश्नहरू सोधिएको थियो। तर, कुरैशीले आफ्नो वकिल उपस्थित नभएकाले आफ्नो बयान रेकर्ड गर्न नसकेको बताए। पाकिस्तानमा ८ फेब्रुअरीमा आम चुनाव हुँदैछ। यस्तो अवस्थामा करिब एक साताअघि लिइएको यो निर्णय इमरानको राजनीतिक करियरका लागि खतरनाक साबित हुनसक्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.