|

पाल्पा : पाल्पामा सोमवार तीनजना मृत फेला परेका छन्।

रिब्दीकोट गाउँपालिका–८ काहुलेका ५३ वर्षीय अमरबहादुर गाहा र उनकी पत्नी ४२ वर्षीया श्यामकला गाहा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

पति अर्को एउटा कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए। पत्नी अर्को कोठामा ओछ्यानमा सुतेको अवस्थामा मृत फेला परेको उनले बताए।

विहान ९ बजे खबर प्राप्त गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच सोही गाउँपालिकाको वडा नम्बर २ डम्बका ६५ वर्षीय भक्तबहादुर सार्की पनि मृत फेला परेका छन्।

उनी आफ्नै गोठको दोस्रो तलामा सोमवार विहान ४ बजे मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.