|

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

अज्ञात आतंककारीहरूको समूहले डेरा इस्माइल खान जिल्लाको चौधवन प्रहरी चौकीमा स्नाइपर गन, स्वचालित राइफल र ह्यान्ड ग्रेनेडहरू प्रयोग गरेर आक्रमण गरेको प्रहरी स्रोतले बताएको हो।

आक्रमणलगत्तै प्रहरी र सुरक्षाकर्मी घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए। मृत्यु हुनेमा आमचुनाव अघि आक्रमण बढेपछि सो क्षेत्रमा खटिएका स्वाबी जिल्लाका इलाइट फोर्स अफ पुलिसका ६ जना अधिकारी रहेका छन्।

प्रहरी र सुरक्षा बल पुग्नुअघि नै आक्रमणकारीहरू घटनास्थलबाट भाग्न सफल भएका थिए। प्रहरीले उक्त क्षेत्रमा जाने सबै सडक सिल गरी खोजी अभियान सुरू गरिएको जनाएको छ। अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.