|

इजिप्ट :  इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबिच भेटवार्ता भएको छ। 

मङ्गलबार गाजामा द्वन्द्व अन्त्य गर्न र प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पुर्‍याउने प्रयासहरूबारे छलफल भएको हो।

इजरायल र हमासबिचको युद्धविरामलाई सुदृढ गर्न क्षेत्रीय भ्रमणको एक भागको रूपमा काइरो आइपुग्नुभएका ब्लिन्केनले इजिप्टसँगको रणनीतिक साझेदारी र यस क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने भूमिकाका लागि अमेरिकी समर्थन पनि व्यक्त गर्नुभयो इजिप्टका विदेशमन्त्री समेह शौकरी र गुप्तचर प्रमुख अब्बास कामेल बैठकमा उपस्थित थिए। 

ब्लिन्केनले इजिप्टको क्षेत्रमा स्थायित्व प्रवर्द्धन गर्ने प्रयासको प्रशंसा गर्दै गाजामा जारी द्वन्द्वलाई विस्तार हुन नदिन इजिप्टसँग निरन्तर समन्वय गर्न इच्छुक रहेको बताए। 

सिसीले संयुक्त राष्ट्र संघ र अन्य राहत एजेन्सीहरूसँगको सहयोगमा गाजामा मानवीय सहायता प्रदान गर्न इजिप्टको प्रयासका बारेमा बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.