|

काठमाडौं :  आयोजक कतार एफसी एशियन कपको फाइनलमा पुगेको छ। 

गएराति राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इरानलाई ३(२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो।

कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एक एक गोल गरेका थिए।

त्यसैगरी इरानका लागि सरदार अजमोउन र अलिरेजा जहाँबख्शले एक एक गोल गरेका थिए। यस खेलमा खेलको ९०औ मिनेटमा इरानका शोजाए खालीलजादेहले रातो कार्ड पाएका थिए। तनावपूर्ण बनेको खेलमा १७ मिनेट अतिरिक्त समय थपिएको थियो।

एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले अब फाइनलमा जोर्डनसँग शनिबार खेल्ने छ। 

यस अघि जोर्डनले दक्षिण कोरियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.