|

काठमाडौं : भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटीएम)  मेलामा नेपालले सहभागिता जनाउने भएको छ0। यसअघि नेपाल पर्यटन बोर्ड सहभागी हुँदै आएको पर्यटन मेलामा यो वर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले भाग लिएको हो।  

तीन दिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए।

नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओटिएममा टानले सहभागिता जनाएको महासचिव सापकोटाले जानकारी दिए।

महासचिव सापकोटाले आगामी फागुन १० देखि १२ सम्म भारतमा हुन लागेको दक्षिण एशियाको ट्राभल एण्ड टुरिजम एक्सचेञ्ज (साट्टे)मा पनि टानले सहभागिता जनाउन लागेको बताए।

टानमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.