|

सुर्खेत : सरकारको मुख्य प्राथमिकता अझै पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ। पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिलासुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्युमार्ग जस्तै बन्न पुगेको छ।

 आधा दर्जन पुल ठेक्का लागे पनि विभिन्न बहानामा अलपत्र पारेपछि भेरी करिडोरमा यात्रा गर्ने यात्रुहरुलाई हैरानी हुँदै आएको हो।

भेरी करिडोर भित्रको ५६ किलोमिटरभित्र यति बिल्डर्सले लिएको काम भारी मात्रामा गतिका साथ भए पनि सोही मार्गको बीचमा निर्माण हुने पुलहरुको काम नहुँदा भेरी करिडोर सडकको कामले गति लिन सकेको छैन।

क्याराभान हिराचन  जेभीले २०७७ माघ २ गते लिएको पुलको काम अझै सुरु भएको छैन। उक्त जेभीले नलगाड नगरपालिकाको नलगाड खोला, झुर्मेखोलाको पक्की पुलको ठेक्का लिएको थियो।

त्यस्तै, उक्त जेभीले २०७७ माघ २ नै भेरी करिडोरकै नलगाड नगरपालिका ९ को त्रात्रखोला, वडा नम्बर ८ को मैदेखोला, वडा नम्वर ११ को ताक्सुगाड चौखामा ठेक्का लिएको थियो।

यी पुलहरु भेरी करिडोरका लाइफलाइन हुन्। सडक विभाग बबरमहलमा काठमाडौंमा अहिले पुलको लिष्टबाहेक अन्य केही पनि पाइँदैन। सरकारी संयन्त्रले पुल निर्माणबारे कुनै पनि चासो दिएको देखिँदैन।

निर्माण व्यवसायी चन्द्र थकालीले पनि जति ढिला भए पनि होस् भन्ने मनसायले पुल निर्माणतर्फ ध्यान नदिएको स्पष्ट देखिएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए।

पुल निर्माण किन रोखिएको भन्दै सडक विभाग पुगेका पूर्वमन्त्री सिंहले सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपनिर्देशक ललिजन खनाल लगायतसँग छलफल गरेपछि लामो समयदेखि अलपत्र परेका पुल निर्माणमा ध्यान दिन भेरी करिडोर सडक आयोजनालाई निर्देशन दिइएको छ।

काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्कामाथि ठेक्का थुपारेर जिल्लाको विकास निर्माणमा बाधा पुगेको भन्दै पूर्वमन्त्री सिंहले लापरबाहीको पराकाष्ठा भएको बताए।

त्यस्तै, नलगाड नगरपालिका–१२ को तल्लुस्थित भेरी नदीको पुल र डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ र छलगाडको पुलको डिजाइन स्टामेट पास भए पनि काम सुरु हुन सकेको छैन।

डिजाइन स्टामेटका लागि भन्दै सडक विभागमा डकुमेन्ट बुझाए पनि केही पुलको डिजाइन स्वीकृत भए पनि केहीको अझै हुन बाँकी रहेको पाइएको छ। निर्माण व्यवसायी र विभागको मिलेमत्तोमा म्याद थप गर्दै डिजाइन स्वीकृत गर्न ढिला गरिरहेको सिंहले आरोप लगाए।

पुलको ठेक्का लागेको तीन वर्षसम्म डिजाइनदेखि पुल निर्माणको काम नै सुरु नहुनु भनेको भेरी करिडोरका जनतालाई धोका दिनु रहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले बताए।

क्याराभानको नाम लिनेबित्तिकै सडक विभागको उच्च नेतृत्वहरु हासेर उडाउने गरेको पाइएको छ। भारी ठाउँमा ठेक्का लिएर कत्तै पनि काम नगर्ने बदनाम भइसकेको क्याराभानले भेरी करिडोरमा समेत सोही व्यवहार देखिएको मेयर रावतले बताए।

भेरी करिडोर सडक आयोजनाले पुल निर्माण गर्नका लागि ताकेता कम गरेको पाइएको छ। अधिकांश समय निर्माण स्थलभन्दा बाहिर नै समय खटाउने यहाँका कर्मचारीहरु पुल निर्माणका लागि दबाब नै दिन नसकेको पाइएको हो। सडक डिभिजन चौरजहारीबाट भेरी करिडोर अलग गरिएपनि निगरानी काम हुन पुगेको छ। यत्ति बिल्डर्सले लिएको पुलको काम भने गतीमा गएको छ।

 रुकुम पश्चिमको आठबीसकोटको पिपचचौर स्थित छहरेखोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुल निर्माणको काम गतीमा रहेको छ। क्याराभावसँग पुलको विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

शक्ति केन्द्रको हिमचिमका कारण क्याराभानले ठाउँ, ठाउँमा ठेक्का लिँदै अलपत्र पार्दै गरिरहेको सरोकारवालाले बताएका छन्।

चौरजहारीमा लिइको सडकको ठेक्का देखि उपल्लो डोल्पामा स्वास्थ्य संस्थामा लिइएको ठेक्का समेत अलपत्र पर्दै आएको छ। जगदुल्ला जलविद्युत आयोजना स्थलमा जाने त्रिवेणीस्थित पुलसमेत अलपत्र पर्दै आएको पाइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.