|

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको छ। 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्ष अक्टोबरमा इजरायल–हमास द्वन्द्व शुरु भएयता तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टिनी घाइते भएको जनाएको छ।

इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १०७ प्यालेस्टिनीको मृत्यु भएको छ भने र १४२ अन्य घाइते भएका छन्। केही पीडित भग्नावशेषमुनि पुरिएको बताइएको छ।

यसैबीच प्यालेस्टिनी सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले इजरायली विमानहरूले गाजा शहरका अल-रिमाल, अल-साबरा, अल-जायटौन, ताल अल-हवा र शेख अजलिन लगायतका धेरै घरलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेका छन्।

सिन्ह्वाका अनुसार इजरायलको हवाई र आर्टिलरी बमबारी र ड्रोन आक्रमणका कारण एम्बुलेन्स लक्षित स्थानमा पुग्न सकेका छैनन्।

यसैबीच रफाह शहरमा दुईवटा घरलाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा ८ प्यालेस्टिनीको मृत्यु भएको चिकित्सा स्रोतले बताएको छ।

प्यारामेडिक्सका अनुसार दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर खान युनिसमा इजरायलले चलाएको तोप गोलाबारीको कारण स्थिति तनावग्रस्त बनेको छ ।

साथै, मध्य गाजाको देइर अल-बालाह शहरमा इजरायली विमानले बमबारी गर्दा थुप्रै प्यालेस्टिनी मारिएका छन् भने केही घाइते भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.