|

कपिलवस्तु :कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ। 

दुर्घटनामा भीमदत्त नगरपालिकाकी खगेश्वरी खाती, वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, वडा नम्बर २ का सुदीप भट्ट,​ वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारी र १६ वडा नम्बरका वर्षीया सञ्जु थापाको मृत्यु भएको हो।

कञ्चनपुरकै पुनर्वास नगरपालिका ९ बिसफाटाकी विमलादेवी भट्ट र किसन भट्टको पनि मृत्यु भएको छ। दुर्घटनामा रौतहट औराही– ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान घर भई कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमानले पनि ज्यान गुमाएका छन्।

सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प– प्र–०२(००१ ख ००९८ नम्बरको बस गएराति १ बजे बाटोबाट २०० मिटर तल खसेको थियो। 

दुर्घटनामा घाइते भएका ३० जनामध्ये ९ जनाको बुटवलमा उपचार भइरहेको छ। अन्यको उपचार स्थानीय अस्पतालमा  भइरहेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.