|

दाङ : दाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका ४ ठाँटीखोलाका २४ वर्षीय तेजलाल खत्री रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख  इन्स्पेक्टर अजयजंग थापाले जानकारी दिए।

उनका अनुसार गतराति साढे ८ बजेको समयमा शान्तिनगर १ को मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पट्किएर हात र पेटमा गोली र छर्रा लाग्दा खत्रीको घटनास्थलमै मृत्यु भएको हो।

घटनास्थलमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको अवस्थामा फेला परेको र साथमा एउटा बन्दुक फेला परेको प्रहरीको भनाइ छ। उनीसँगै अन्य १० र  १२ जना व्यक्तिहरू पनि जङ्गलमा गएको बुझिएकाले उनीहरूको खोजी भइरहेको उनले बताए।

मृतकको शव पोस्टमार्टमका लागि अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.