|

काठमाडौं : बोनम्यारो क्यान्सरबाट पीडित तिलोत्तमाकी सुनिता खनाललाई पैसा अभावले उपचारमा समस्या भएको छ। गत जेष्ठबाट क्यान्सरबाट पीडित उनलाई चिकित्सकले तीन वर्षसम्म उपचार गर्नुपर्ने बताएका छन्।

तिलोत्तमामा क्याम्पसको  छैटौँ सेमेस्टरमा अध्यननरत खनाललाई आर्थिक अभाव हुँदा उपचारमा कठिनाइ भइरहेको उनकी बहिनी सपना खनालले बताइन्।

अहिले उनी ओम अस्पतालमा उपचाररत रहेकी छिन्। उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनको परिवारले सबैलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.