|

ग्रिसका हजारौँ किसानले एथेन्सको केन्द्रमा उत्पादन लागत बढेकोमा विरोध प्रदर्शन गरेका छन्।  उनीहरूले राज्यको सहायता आवश्यक भएको वेलामा उत्पादन लागत बढाएको भन्दै विरोध जनाएका हुन्।

किसानले राष्ट्रिय राजमार्ग र सीमा नाकामा करिब १५० ट्याक्टर चलाएर संसद् अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले ‘किसान छैन, खानेकुरा छैन, भविष्य छैन’ भन्ने नारा लगाएका थिए। 

उनीहरूले सरकारले किसानलाई भूमि छोड्न बाध्य पारेको बताए। उनीहरूले किसानको जीविका चलाउन दिन सरकारसँग आग्रह गरे।

सन् २०२३ मा बिजुलीको लागत ८४ प्रतिशतले बढेको छ। मलको मूल्य पनि आकाश छोएको उनीहरूको भनाइ छ। किसान युनियनहरूले ग्रिक सरकारसँग हालै पटकपटक वार्ता गरेका छन्। 

सरकारले प्राकृतिक प्रकोपबाट हुने क्षतिको तत्काल क्षतिपूर्ति, प्राथमिक क्षेत्रमा प्रयोग हुने बिजुली तथा इन्धनको न्यून मूल्य र करमा छुट लगायतका किसानको बोझ कम गर्ने उद्देश्यले प्याकेज घोषणा गरेको छ। तर मंगलवार प्रदर्शनकारीले उनीहरूलाई आफ्नो खेत खेती जारी राख्न मद्दत गर्न उपाय अपर्याप्त भएको बताए। 

उनीहरूले ऊर्जा लागतमा थप उदार छुटको लागि आग्रह गरेका छन्। आपूर्ति, मल र पशु दानामा थप अनुदान, गैरग्रिस निर्मित उत्पादन ग्रिसको लेबलिङ बन्द गरेर अनुचित प्रतिस्पर्धाबाट घरेलु उत्पादनको थप सुरक्षा गर्न पनि उनीहरूको आग्रह छ। तर सरकारले अहिले थप रकम दिने कुनै ठाउँ नभएको बताएको छ।

मंगलबार, ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोलासँग भेट गरेर हालैका केही दिनयता फ्रान्सदेखि पोल्याण्ड र ग्रिकसम्मका किसानको विभिन्न मुद्दामा छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.